images
images
  • कोशी, बागमती र कर्णालीमा मेघगर्जनसहित वर्षा, कस्तो रहनेछ दिनभरको मौसम ?

    काठमाडौं– जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ ।

    हाल देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यमसम्म पानी परिरहेको छ ।

    आज दिउँसो कोशी र मधेश प्रदेशका साथै देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images