पोखरा– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृह पहिरोले पुरिएको छ ।
गए राति करिब ३ बजे विद्युत् गृहको पछाडि रहेको भीरबाट चट्टानसहितको पहिरो खस्दा विद्युत् गृह पुरिनाका साथै त्यहाँ कार्यरत सुरक्षा गार्ड खिमबहादुर बरुवाल बेपत्ता भएका छन् ।
सुरक्षा गार्ड बस्ने घरसहित विद्युत् गृहको केही भाग पुरिएको बताइएको छ । बेपत्ता सुरक्षा गार्डको खोजी भइरहेको स्थानीयले बताएका छन् ।
उक्त आयोजना विसं २०८० असारदेखि सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्























