images
images
  • सांसद विमला वली दाङका एसपीको सम्पर्कमा

    रूपन्देही – लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री (वली)प्रहरीको सम्पर्कमा आएकी छन् । दाङ ३ (ख) बाट निर्वाचित सांसद विमला बेपत्ता भएको भन्दै उनी आवद्ध माओवादी केन्द्रले खोजी थालेको थियो। उनी दाङ प्रहरी प्रमुख सुरेश काफ्लेको सम्पर्कमा आएकी छन् ।

    एसपी काफ्लेले सांसद विमला आफ्नो सम्पर्कमा भएको दावी गरेका छन् । मैले हिजो राति र आज बिहान फोन गरेको छु, एसपी काफ्लेले भने, कान र घाँटीमा समस्या देखिएकाले उपचारका लागि नेपालगन्ज आएकी छु भन्नुभएको छ । उहाँ सम्पर्कमा नै हुनुहुन्छ ।

    विमलाले बिरामी भएकाले कसैको फोन नउठाएको बताएको एसपी काफ्लेले बताए । माओवादी केन्द्रले भने आफ्नो पार्टीका नेतासँग विमला सम्पर्कविहीन भएको भन्दै खोजी गरिरहेको छ ।

    प्रदेशसभा सदस्य खत्री शुक्रबार बिहानदेखि सम्पर्कविहीन बनेको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताए । बिहीबारसम्म हाम्रो सम्पर्कमा हुनुहुन्थ्यो, हिजो बिहानदेखि फोन पनि लागिरहेको छैन्चौ धरीले भने, फोनको लोकेसन जाँच गर्दा कहिले दाङ देखाउँछ, कहिले बुटवल देखाउँछ, उहाँको कुनै पनि फोन लागेको छैन ।

    ओली केहीदिन अघि मात्रै दाङ आएकी थिइनन् । दाङ आएपछि सम्पर्क विहीन बनेको चौधरीले बताए । उनले भने, अहिले ओलीसँग भएका दुईवटै मोवाईल नम्बरमा सम्पर्क हुँदैन । एनटिसीको नम्बर अफ छ, भने एनसेलको नम्बरमा सम्पर्क हुन सकेन भन्छ ।

    उनले अगाडि थपे, संसदीय दलको वैठकमा उपस्थित हुन सबै माननीय ज्यूलाई फोन गरेर सूचना दिने क्रममा विमलाजीसँग सम्पर्क हुन सकेको छैन । उहाँको घरमा जाँदा र निर्वाचन क्षेत्रभर खोज्दा पनि भेटिनुभएको छैन, पार्टीको सम्पर्कमा हुनुहुन्न, खोजी कार्य जारी छ, प्रहरीमा उजुरि पनि गर्छौ ।

    दाङ क्षेत्र नं। ३ ९ख०का प्रदेश सांसद उत्तरकुमार वली ९विमलाका श्रीमान०को निधनपछि विमलालाई उपचुनावमा पार्टीले टिकट दिएर जिताएको थियो ।

    तत्कालिन नेकपाबाट निर्वाचित उनले एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किँदा माओवादी केन्द्र रोजेकी थिइन् । तर पार्टीको शनिबार हुने संसदीय दलको बैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको माओवादी केन्द्रका सांसद थारुले बताए ।

    विमलाले एमालेमा गएपनि पुग्दैन बहुमत

    मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीले माओवादी केन्द्र छाडेर एमाले रोजेको हुन सक्ने माओवादीले आशंका गरेको छ ।

    माओवादी केन्द्रका सांसद थारुले सरकार अल्पमतमा परेकाले सरकार टिकाउने विमलालाई मुख्यमन्त्रीकै मान्छेले दबाब र प्रलोभनमा पारेर सम्पर्क विहीन बनाएको हुन सक्ने आरोप लगाए ।

    जसपाबाट मन्त्री बनेका तीन जना सांसद शुक्रबार पदमुक्त भएपछि मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा परेका छन् ।

    विमला एमालेमा फर्के पनि सरकारलाई बहुमत पुग्ने अवस्था छैन । मुख्यमन्त्रीको पक्षमा एमालेका ३८ सांसद मात्र छन् भने विपक्षी गठबन्धनमा ४१ मत छ । विमला एमालेमा फर्के पनि सरकारलाई बहुमत पुग्ने अवस्था छैन ।

    प्रदेशमा नयाँ प्रदेश प्रमुख आएसँगै विपक्षी गठबन्धन विशेष अधिवेशनको समावेदन गरी मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा रहेको काँग्रेस प्रदेश सभा सदस्य डिल्ली चौधरीले बताए ।

    गत बैशाख १९ गते उनले पत्रकार सम्मेलन गरेर आफूले स्वेच्छाले माओवादी रोजेको घोषणा गरेकी थिइन् । एमालेले भने विमला पार्टीको संसदीय दलको बैठक र जिल्ला कमिटीको बैठकमा सहभागी भएको दाबी गर्दै विमलाले माओवादी केन्द्र रोज्न नपाउने भन्दै आएको छ ।

    केही दिनअघि जनता समाजवादी पार्टीकी सांसद पुरमति ढेंगालाई पनि सत्ता पक्षले आफूतिर तान्ने प्रयास गरे पनि सफल हुन सकेको थिएन ।

    तत्कालीन नेकपा विभाजन भएपछि बहुमत गुमाएका मुख्यमन्त्री पोखरेलले जसपाका चार जनालाई सरकारमा सहभागी गराएर बहुमत पुर्याएका थिए । तर असार १८ गते भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि सरकार अल्पमतमा परेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images