काठमाडौं– प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
वर्तमान सरकारमाथि चौतर्फी प्रश्न उठ्न थालिरहेको पृष्ठभूमीमा आज आइतबार साँझ प्रधानमन्त्री साह र सभापति लामिछानेबीच महत्वपूर्ण भेटवार्ता भएको हो । प्रधानमन्त्री साहलाई भेट्न सभापति साह बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री साहले पछिल्ला तीन दिनयता आफ्नो फेसबुक पेजमार्फत एकपछि अर्को अमूर्त धारणाहरू सार्वजनिक गरिरहेको बेलामा भएको यो भेटलाई थप अर्थपूर्ण रूपमा हेरिएको छ ।
भेटमा राजनीतिक नियुक्ति, सरकारका सम्भावित कदम तथा पार्टीका अपेक्षाबारे दुई नेताबीच कुराकानी भएको बताइएको छ । प्रधानमन्त्रीले छिट्टै गर्ने भनिएको भारत भ्रमण तथा सभापति लामिछानेले केही दिनपछि गर्ने भनिएको चीन भ्रमणका बारेमा पनि सो भेटवार्तामा प्रसङ्ग उठेको स्रोतको भनाइ छ ।























