images
images
  • देशभरका दर्जनौँ सडक अवरुद्ध (पूर्ण विवरणसहित)

    काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लामा पहिरो, बाढी, सडक कटान तथा हिलोका कारण प्रमुख सडकखण्ड अवरुद्ध भएका छन् ।

    नेपाल प्रहरीका अनुसार विभिन्न जिल्लाका सडकखण्डमा सवारीसाधनको आवतजावत प्रभावित भएको छ ।

    सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

    खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुलीसम्मको सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको हो । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइनेछ । उक्त व्यवस्था अर्को सूचना नभएसम्म लागू रहने जनाइएको छ ।

    हेर्नुहोस् पूरा विवरण–

    Messenger creation E41CB49A 4C94 46FF B1C7 C1F88FABDBC6Messenger creation C6B429AA 4527 4B80 BC90 CE02C4C7F370

    प्रतिक्रिया दिनुहोस्
    images
    images