काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ बजे ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बस्ने भएको हो।
बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरणरवितरण सम्बन्धमा छलफल गर्ने तयारी गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।एमालेले यही साउन २५ गते विधान महाधिवेशन गर्दै छ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तथा एकताका लागि धेरै दिन पर्खिन नसकिने बताएको भोलिपल्ट स्थायी कमिटीको बैठक बस्न लागेको हो।
उता माधव नेपाल पक्षले भने आजै अखिल फोर्सको बृहत् भेला आयोजना गर्दै छ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्