images
images
  • बाढीले मोटरसाइकलसहित बगाएका चालकको प्रहरीद्वारा सकुशल उद्धार

    कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएका एक चालकको प्रहरी टोलीले सकुशल उद्धार गरेको छ ।

    अविरल वर्षाका कारण खोलामा आएको बाढीले सुर्खेतबाट कैलालीतर्फ आउँदै गरेका कैलाली बर्दगोरिया गाउँपालिका–२ बस्ने ३९ वर्षीय लौटन थारु चढेको से ४ प ८६७९ नम्बरको मोटरसाइकललाई बगाएको थियो ।

    बिहीबार राति करिब ८:३० बजे इलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट प्रहरी निरीक्षक मीरा खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले घट्नास्थलबाट करिब १५० मिटर तल भिरालो खोलाबाट चालक थारुलाई बगाएर लैजाँदै गरेको अवस्थामा उद्धार गरेको हो ।

    उद्धार गरिएका थारुको ढाड र दाहिने कुइनामा सामान्य चोटपटक लागेको भए पनि समग्र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्राथमिक उपचार र आवश्यक प्रक्रियापश्चात् निजलाई आफन्तको जिम्मा लगाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images