images
images
  • प्रतिनिधि सभाका चार र राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै

    काठमाडौ– आज प्रतिनिधि सभा अन्तर्गतका चार र राष्ट्रिय सभाका दुई वटा समितिको बैठक बस्ने भएको छ ।

    प्रतिनिधि सभा अन्तर्गत आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।

    यस्तै, आज राष्ट्रिय सभा अन्तर्गतका संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images