images
images
  • एमाले पार्टी कार्यालयमा खीर खुवाउने कार्यक्रम

    काठमाडौं । नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ ।

    साउन १५ का अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

    दिउँसो २ बजेदेखि ३ बजेसम्म सबैलाई पार्टी कार्यालयमा आउन निम्ता पठाइएको छ । नेपाली समाजमा असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखि परम्परा छ। यसैलाई निरन्तरता दिन खीर खाने कार्यक्रम राखिएको एमालेले जनाएको छ।

    नेपाली किसानहरूले साउन १५ लाई खीर खाने दिनका रूपमा मनाउँदै आएको र त्यसैलाई निरन्तरता दिन एमालेले खीर खाने कार्यक्रम आयोजना गरेको हो । नेपाली किसानहरूले असार १५ मा दही चिउरा खाएर रोपाई गर्ने गर्छन् भने रोपाई सकिएर फुर्सद हुने भएपछि साउन १५ मा खीर खाने चलन रही आएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्

    images