काठमाडौं– नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कांग्रेस महामन्त्री गगन थापामाथि गम्भीर आरोप लगाएका छन् ।
उनले गगन बाह्य शक्तिबाट परिचालित रहेको भन्दै यसबारे तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले व्यक्त गरेको आशंका अहिले पुष्टि भइरहेको दाबी गरेका छन् ।
बिपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कार्कीले गगन थापामाथि आर्थिक अनियमितता र बाह्य प्रभावमा सञ्चालित भएको आरोप लगाए ।
उनले गगन समूहले कांग्रेसभित्र विभाजनको राजनीति गरेको तथा नेतृत्वलाई आवश्यक परे अलग बाटो रोज्नसमेत तयार रहन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















