images
images
  • बमको धम्कीपछि इटालीमा खाली गराइयो सयौं विद्यालय, रुस समर्थक ह्याकरहरू संलग्न रहेको आरोप

    काठमाडौं- इमेलमार्फत बम विस्फोटको धम्की प्राप्त भएपछि इटालीभरका करिब ३०० विद्यालय खाली गराइएको छ । बुधबार भएको यो घटना पछिल्ला हप्ताहरूमा विभिन्न विमान सेवा कम्पनी र सञ्चारमाध्यमलाई लक्षित गरी दिइएका शङ्कास्पद बम धम्कीको शृङ्खलाको पछिल्लो घटना हो ।

    यस्ता धम्कीले युरोपका विभिन्न संस्थाको कामकाजमा अवरोध पु¥याउँदै आएका छन् ।

    इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले विज्ञप्ति जारी गर्दै विद्यालयहरूमा कुनै ठोस खतरा रहेको सङ्केत नदेखिएको बताएकी छन् । यस्ता धम्की आतङ्क र त्रास सिर्जना गर्ने उद्देश्यले दिइएको हुनसक्ने उनको भनाइ छ ।

    उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिँदै बुधबार नै मन्त्रीहरूको बैठक बोलाएको बताइन् ।

    ‘लाप्रेस’ समाचार एजेन्सीसहित इटालीका सञ्चारमाध्यमले प्राप्त गरेको अज्ञात इमेलमा प्रधानमन्त्री मेलोनीलाई समेत लक्षित गरी धम्की दिइएको छ । यद्यपि मेलोनीले आफ्नो विज्ञप्तिमा आफूलाई दिइएको व्यक्तिगत धम्कीबारे उल्लेख गरेकी छैनन् ।

    S5X6PDVP4NMLZCUXGODXU6OQCU

    उनको कार्यालयले पनि यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

    परराष्ट्रमन्त्री एन्टोनियो ताजानीले गत शनिबार आफ्नो व्यक्तिगत विवरण डार्क वेबमा सार्वजनिक भएको बताएका थिए । प्रधानमन्त्री मेलोनीले यस घटनामा रुस समर्थक ह्याकरहरू संलग्न रहेको आरोप लगाएकी छन् ।

    ‘लाप्रेस’ समाचार एजेन्सीका अनुसार शिक्षामन्त्री ज्युसेप्पे भालदिताराले ३०० विद्यालयमा इमेलमार्फत बमको धम्की प्राप्त भएको बताएका छन् । यसबारे मन्त्रालयसँग प्रतिक्रिया माग्दा तत्काल कुनै जवाफ प्राप्त भएको छैन ।

    राजधानी रोमस्थित मामियानी माध्यमिक विद्यालयमा विद्यार्थीहरूले सुरुमा विद्यालयबाट बाहिरिने सूचनालाई नियमित बिदाको सङ्केत ठानेका थिए । बाहिर निस्किएपछि मात्र उनीहरूले बमको धम्कीका कारण विद्यालय खाली गराइएको थाहा पाए ।

    १८ वर्षीया विद्यार्थी अनिता बार्तोचीले भनिन्, ‘हामीलाई रुसी ह्याकरहरूबाट इमेल आएको र त्यसमा सबैलाई मार्ने धम्की दिइएकाले बमको चेतावनी जारी गरिएको बताइयो । त्यो निकै हिंसात्मक सन्देश थियो ।’

    -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images