images
images
images
  • मन्त्रालय टुंगो लाग्यो , मन्त्री छान्न अझै सकस

    काठमाडौं । सरकार गठन भएको दुई सातापछि सत्तारुढ गठबन्धनबीच मन्त्रालय भागबन्डामा सहमति जुटेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओबादी केन्द्र र जनता समाजबादी पार्टीभित्र मन्त्रालय भागबन्डामा सहमति जुटेको हो ।

    सरकारको नेतृत्व गरेको कांग्रेसले ८, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले ७ ७ वटा मन्त्रालय लिने सहमति गरेका छन् । मन्त्रालय भागबन्डा गरेसँगै तीन दलका शीर्ष नेताहरु मन्त्री छनोट गर्न जुटेका छन् ।

    मन्त्री बन्ने आकांक्षी धेरै भएपछि गठबन्धनमा आबद्ध दललाई मन्त्री छनोट गर्न निकै सकस बन्दै गएको छ । बिहीबार बसेको गठबन्धनको बैठकमा नेपाल समूहलाई सरकारी तथा संबैधानकि नियुक्तिमा अधिकतम अवसर दिने गरी कांग्रेस, माओवादी र जसपाबीच समझदारी भएको छ ।

    प्रतिक्रिया दिनुहोस्