• गुल्मी जिप दुर्घटना: जो कर तिर्न जाँदा दुर्घटनामा परे

    गुल्मी- गुल्मीको चन्द्रकोट गाउँपालिका– ४ शान्तिपुर बजारको होटेल सञ्चालक हुन्। खत्री बुधबार बिहानै कर बुझाउन कर कार्यालय तम्घासका लागि जिप चढे। सोही जिपमा सवार अर्का व्यवसायी गगन खत्री पनि कर बुझाउनकै लागि हिँडेका थिए।

    हरेवाबाट सोही जिप चढेका व्यवसायी रेशम कार्की ९काजी० पनि कर बुझाउ सोही गाडीमा चढे। उनीहरूसँगै मजुवा बजारबाट पनि केही व्यवसायीहरू थपिए। मुसिकोट नगरपालिका– ४ दोभानमा जिप दुर्घटनामा पर्‍यो। दुर्घटनामा व्यवसायीमध्येका तेजबहादुर खत्री र रेशम कार्कीले ज्यान नै गुमाए। घाइतेमध्येका अधिकांश पनि होटेल र किराना व्यवसायी छन्। केहीको अवस्था गम्भीर छ।

    अधिकांश व्यवसायीहरू दुर्घटनामा परेपछि घरपरिवारसहित सिंगो चन्द्रकोट गाउँपालिका शोकमा डुबेको छ। शान्तिपुर बजारमा मात्रै डेढ सय व्यवसायी छन्। तर, व्यवसायीहरू राज्यलाई कर तिर्नकै लागि सदरमुकाम पुग्नुपर्ने बाध्यतामा छन्। अरू वेला पनि चन्द्रकोटबाट तम्घास पुग्न सजिलो छैन्। बर्षातको वेला निकै जोखिम मोलेर तम्घास पुग्नुपर्छ।

    महत्वपूर्ण कामको तम्घास नपुग्नुको विकल्प छैन। त्यसैले पनि अधिकांश व्यवसायी कर बुझाउनकै लागि तम्घास हिँडेका थिए। व्यवसायीले धेरै पहिलेबाट शान्तिपुरमा कर संकलन काउन्टरको महसुस नगरेका होइनन्। तर, त्यो विषयमा न कर कार्यालयले सोच्यो न वाणिज्य संघले। कर बुझाउन हिँडेका होटेल सञ्चालक तेजबहादुर खत्री र अर्का व्यवसायी रेशम कार्कीले ज्यान नै गुमाए। शान्तिपुरकै व्यावसायी गगन खत्री घाइते छन्।

    त्योबाहेक अर्को ठूलो बजार मजुवाका व्यवसायी पनि दुर्घटनामा परेका छन्। ‘करले वर्षात् नभन्ने रहेछ, बाध्यताले कर कार्यालय हिँडेको हुँ,’ घाइते चन्द्रकोट गाउँपालिका– ४ शान्तिपुरका होटेल व्यवसायी गगन खत्रीले भने, ‘राज्यको आँखा वेलैमा नपुगेकाले दुर्घटनामा परेर बेहाल बनियो, केही व्यवसायीले नै ज्यान नै गुमाए।’ शान्तिपुर उद्योग वाणिज्य संघका अध्यक्ष जीवन श्रेष्ठले घटनाले आफूहरूलाई कर संकलन काउन्टरको महसुस गराएकाले तत्काल कर कार्यालयको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए।

    गुल्मीको मुसिकोट नगरपालिका– ४ दोभानमा भएको जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। चन्द्रकोट गाउँपालिका– ४ को शान्तिपुरबाट तम्घासतर्फ आउँदै गरेको लु।१ज ४५५९ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा चन्द्रकोट– ४ शान्तिपुरका ४५ वर्षीय तेजबहादुर खत्री (थापा), वडा नं ५ हरेवाका ४८ वर्षीय रेशम कार्की ९काजी० र रेसुंगा नगरपालिका– २ की ६८ वर्षीया सुशीला विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।

    त्यस्तै, दुर्घटनामा जिपचालक चन्द्रकोट गाउँपालिका– ५ का ३५ वर्षीय बमबहादुर विक, वडा नं. ६ की २० वर्षीया विनिता परियार, वडा नं. ४ का ३९ वर्षीय गगन क्षेत्री र वडा नं. ५ का २२ वर्षीय सुनिल विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ। चन्द्रकोट गाउँपालिका वडा नं. ७ का ३३ वर्षीय गोकुल भण्डारी, २३ वर्षीय मुना भण्डारी र रेसुंगा नगरपालिका– २ की २३ वर्षीया रमिला भण्डारीको अवस्था सामान्य भएकाले गुल्मी अस्पतालमा उपचार भइरहेको प्रवक्ता पाण्डेयले बताए।

    नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले घटनास्थलमा उद्धारका काम गरेका थिए । जिप सडकदेखि करिब चार सय मिटर तल खसेको छ । मृतक तीनैजनाको शवलाई गुल्मी अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा दिइएको प्रहरीले जनाएको छ। नयाँ पत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्