images
images
  • कांग्रेस इतर समूहको बेग्लै झण्डा र चिन्ह

    काठमाडौं– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीका लागि बेग्लै झण्डा वा चुनाव चिह्न तयार नगरिएको स्पष्ट पारेका छन् ।

    चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले सामाजिक सञ्जालमा फैलिएको चर्चाको खण्डन गर्दै भने, ‘प्रचारमा आएको झण्डा नेपाली कांग्रेसको २००७ सालको ऐतिहासिक झण्डा हो । नयाँ झण्डा वा चुनाव चिह्न बनाउने विषयमा हामीले न सोचेका छौं, न तयार गरेका छौं ।’

    उनले पार्टीभित्र देखिएको मतभेद अन्त्य गर्न संस्थापन पक्षले पहल गर्नुपर्ने बताए ।

    सानेपा नेतृत्व उदासीन बने बाहिर रहेका कांग्रेसजनले विकल्प खोज्न बाध्य हुने चेतावनी दिँदै उनले पार्टीलाई एकताबद्ध बनाउन सबै योगदान गरेका नेताहरूलाई साथमा लिएर अघि बढ्नुपर्ने धारणा राखे ।

    विश्वकर्माले पार्टी विभाजनभन्दा अघि मेलमिलापको प्रयास भइरहेको र गत सातादेखि संस्थापन पक्षसँग औपचारिक छलफल नभएको पनि जानकारी दिए ।

    पछिल्लो समय निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पूर्णबहादुर खड्काको नेतृत्वमा चुनदेवीमा सम्पर्क कार्यालय सञ्चालन गर्दै छलफल गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images