images
images
  • सरकारको साखैका सांसदहरूको सरकारप्रति नै घोर आपत्ति, परिवार र नातावाद हाबी भएको आरोप

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)ले नयाँ विधान मस्यौदा सार्वजनिक गरेकै दिन आफ्नै सांसदहरूले सरकारको कार्यशैलीमाथि संसद र सामाजिक सञ्जालमार्फत आलोचना गरेपछि पार्टीभित्र आन्तरिक मतभेदबारे चर्चा सुरु भएको छ ।

    प्रमुख सचेतक क्रान्तिशिखा धितालले सुकुम्बासी व्यवस्थापनमा सरकार असफल भएको टिप्पणी गरिन् भने सांसद ज्वाला संग्रौलाले परिवारवाद र नातावादविरुद्ध कडा धारणा सार्वजनिक गर्दै नियुक्ति क्षमता र योगदानका आधारमा हुनुपर्ने बताइन् ।

    संसदमा पनि बुद्धिप्रसाद पन्त, टेकबहादुर शाक्य, रमेश प्रसाईं र जगदीश खरेलले सरकारको कार्यसम्पादन, भन्सार नीति, उद्धार प्रणाली र सांसदको भूमिकाबारे प्रश्न उठाए ।

    लगातार आलोचना भएपछि सभामुख डोलप्रसाद अर्यालले सरकारलाई सांसदहरूले उठाएका विषयमा जवाफ दिन निर्देशन दिए ।

    यसैबीच, नयाँ विधान मस्यौदामा संसदीय दलको नेता हटाउने, जनप्रतिनिधिलाई फिर्ता बोलाउने र वरिष्ठ नेतासम्बन्धी व्यवस्थाले पनि पार्टीभित्र असन्तुष्टि बढाएको चर्चा छ ।

    नेता गणेश कार्कीले भने सार्वजनिक भएको दस्तावेज अन्तिम नभई मस्यौदा मात्र भएको र संशोधन हुन सक्ने बताए ।

    कार्कीले सांसदहरूको आलोचनालाई विधान विवादसँग जोडेर हेर्न नहुने बताउँदै सरकारको निगरानी गर्नु सांसदको स्वाभाविक जिम्मेवारी भएको स्पष्ट पारे ।

    तर, विधान मस्यौदा सार्वजनिक भएकै दिन सरकारविरुद्ध खुलेर आलोचना हुनुले रास्वपाभित्रको शक्ति सन्तुलन र आन्तरिक सम्बन्धबारे नयाँ बहस भने सुरु भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images