images
images
  • अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी सीबीच भेटवार्ता हुने

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सेप्टेम्बर २४ तिर भेट हुने अपेक्षा गरेको बताएका छन् ।

    ह्वाइट हाउसमा नयाँ बलरूम निर्माणबारे छलफलका क्रममा उनले सीको सम्भावित भ्रमणको उल्लेख गरेका हुन् ।

    उक्त समय न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभा हुने भएकाले दुवै नेताबीच भेटवार्ता हुने अनुमान गरिएको छ ।

    यसअघि ट्रम्पले सेप्टेम्बरमा सीको स्वागत गर्ने बताएका भए पनि मिति पहिलो पटक सार्वजनिक गरेका हुन् ।

    यसअघि बेइजिङमा भएको भेटमा दुवै नेताले व्यापार तथा ताइवानको विषयमा छलफल गरेका थिए ।

    सीले ताइवान मुद्दा गलत ढंगले व्यवस्थापन भए चीन–अमेरिका सम्बन्ध गम्भीर संकटमा पर्न सक्ने चेतावनी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images