images
images
  • वेष्ट ब्यांकमा इजरायलको आक्रमण तीव्र, यस्तो छ क्षतिको विवरण

    काठमाडौं– इजरायली कब्जा बलहरूले मङ्गलबार कब्जा गरिएको वेस्ट ब्यांकका विभिन्न क्षेत्रहरूबाट ठूलो मात्रामा गिरफ्तारी अभियान पुनः सुरु गरेको जनाइएको छ ।

    प्यालेस्टिनी समाचार एजेन्सी (डब्लु एएफए) का अनुसार स्थानीय स्रोतहरूले इजरायली कब्जा बलहरूले नब्लुसको दक्षिणमा रहेको मादामा गाउँका दर्जनौ स्थानीयकां घरहरूमा छापा मारेर १४ जना प्यालेस्टिनीहरूलाई पक्राउ गरेका छन् ।

    यसै गरी इजरायली सेनाले उक्त गाउँको वरपर ठुलो सङ्ख्यामा कब्जा सैनिकहरू तैनाथ गरिएको र धेरै बासिन्दाहरूलाई हिरासतमा लिएको बताइएको छ ।

    इजरायली कब्जा बलले अरब अमेरिकन युनिभर्सिटीमा जेनिन र विस्थापित व्यक्तिहरूको छात्रावासमा छापा मार्दा एक जना युवतीसहित चार जना प्यालेस्टिनीलाई पक्राउ गरेको जनाइएको छ ।

    उनीहरूले साल्फिट गवर्नरेटको मजदुर युनियनका प्रमुखलाई पनि उहाँकै घरमा छापा मारेर खोजी गरी पक्राउ गरेको जनाइएको छ ।

    स्रोतका अनुसार कब्जा बलहरूले धेरै जना प्यालेस्टिनी जनताको घर–घरमा छापा मारेर खोज तलास गरी धेरै सवारी साधनहरूमासमेत क्षति पुर्याएको जनाइएको छ ।

    पछिल्लो समयमा कब्जा गरिएका वेस्ट ब्यांकका विभिन्न क्षेत्रमा इजरायली कब्जा बलहरूद्वारा निरन्तर आक्रमण तथा पक्राउका घटनाहरुमा वृद्धि भइरहेको देखिएको छ ।

    जसको परिणम स्वरुप स्थानीयवासीहरु लगभग दैनिक जसो छापा मार्ने र घरहरूमा आक्रमण गर्ने, पक्राउ गर्ने र सडक बन्द गर्ने, साथै नागरिक र उनीहरूको सम्पत्ति विरुद्ध बारम्बार आक्रमण गर्ने घटनाको सामना गर्न बाध्य भएको जनाइको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images