images
images
  • निवर्तमान प्रम शुसीला कार्कीले गत फागुनमा गराएको निर्वाचन हालसम्मकै महँगो, राज्यको १९ अर्ब ढुकुटी हजम

    काठमाडौं– निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ मा सम्पन्न गरेको प्रतिनिधिसभा निर्वाचनमा राज्य कोषबाट १९ अर्ब ६४ करोड ४४ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ, जुन नेपालको इतिहासकै सबैभन्दा महँगो निर्वाचन बनेको छ ।

    अर्थ मन्त्रालयका अनुसार गृह मन्त्रालयअन्तर्गत सुरक्षा व्यवस्थामा सबैभन्दा बढी १० अर्ब ९९ करोड रुपैयाँ खर्च भएको छ ।

    निर्वाचन आयोगले ६ अर्ब ७० करोड र रक्षा मन्त्रालयले १ अर्ब ९४ करोड रुपैयाँ खर्च गरेका छन् ।

    २०७९ को निर्वाचनको तुलनामा यसपटक करिब २ अर्ब ९१ करोड रुपैयाँ बढी खर्च भएको मन्त्रालयले जनाएको छ ।

    जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौती, लुटिएका हतियार बाहिर रहनु, निर्वाचन प्रहरीको संख्या करिब ३५ हजारले बढाइनु तथा फागुन महिनामा हवाईमार्फत निर्वाचन सामग्री ढुवानी गर्नुपरेकाले खर्च बढेको मन्त्रालयको भनाइ छ ।

    निर्वाचनका लागि भारतले ६५० सवारीसाधनसहित सुरक्षा सामग्री वस्तुगत सहयोग गरेको थियो भने चीनले ५६ करोड र जापानले ३९ करोड रुपैयाँ नगद सहयोग उपलब्ध गराएका थिए ।

    साथै, यूएनडीपीले निर्वाचन आयोगसँगको सहकार्यमा मतदाता शिक्षा तथा साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images