images
images
  • टेरामक्स भ्रष्टाचार मुद्धामा पूर्वमन्त्री मोहन बस्नेतलाई सफाइ, तीन कर्मचारी दोषी ठहर

    काठमाडौं-टेलिकम्युनिकेसन ट्राफिक मनिटरीङ एण्ड फ्रड कन्ट्रोल सिष्टम (टेरामक्स) खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहन बस्नेतले सफाइ पाएका छन्। बिशेष अदालतले उनलाई सोमबार सफाइ दिएको हो । खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न नभएको भन्दै अदालतले उनलाई सफाइ दिएको हो।

    यसमा कर्मचारीलाई भने दोषी ठहर गरिएको छ। दिगम्बर झा, धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेतीलाई ६ महिना कैद र ५० हजार जरिवाना सजाय भएको छ। नेपाल दुरसञ्चार प्राधिकरणमातहत टेरामक्स खरिदमा भ्रष्टाचार भउको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष जेठमा मुद्दा दायर गरेको थियो।

    त्यस्तै, पुरुषोत्तम खनाल, अच्युतानन्द, मिश्र, सुरेन्द्रलाल हाडा, विजयकुमार राय, रेवतीराज पन्थ, दिपेश आचार्य, सुरेश बस्नेत, हिरन्यप्रसाद वस्ताकोटी, संदीप अधिकारी तथा भ्यानराईज सरोसुलका सिइओ तथा स्थानीय एजेन्ट लगायतलाई पनि अदालतले सफाइ दिएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images