काठमाडौं । टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय पौडी खेलाडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।
बुधबार भएको महिला १०० मिटर फ्रि-स्टाइकलो पहिलो हिटमा तेस्रो बनेकी गौरिकाले निर्धारित दूरी १: ००: ११ मा पूरा गरिन् । उनले २०१९ मा बनाएको आफ्नै कीर्तिमान सुधारेकी हुन् ।
गौरिकाले सन् २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना वर्ल्ड च्याम्पियनसिपमा १: ००.६२ को समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । हिट-१ मा गौरिकाले नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन्।
२०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी चार स्वर्ण पदकसँगै २ रजत र ३ कांस्य जितेकी गौरिकाले रियो ओलम्पिक २०१६ मा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
ब्राजिलमा भएको ओलम्पिकको अघिल्लो संस्करणकी सबैभन्दा कान्छी खेलाडी बनेर विश्वभर चर्चा कमाएकी गौरिकाले आफ्नो हिटमा प्रथम स्थान हासिल गरेकी थिइन् ।
१८ वर्षीया गौरिकाको गृष्मकालीन ओलम्पिकमा दोस्रो सहभातिा हो यो । यसअघि उनले रियो ओलम्पिक २०१६ मा प्रतिस्पर्धा गरेकी थिइन् । ब्राजिली भूमिमा ५ वर्षअघि ११ हजार बढी खेलाडीमध्ये सबभन्दा कम उमेरकी भएर उनले विश्वमै चर्चा पाएकी थिइन् ।
१३ औं दक्षिण एसियाली खेलकुद ९साग० २०१९ मा चार स्वर्ण, २ रजत र ३ कांस्यसहित नौ पदक जितेकी उनी घरेलु प्रतियोगितामा सात वर्षयता कीर्तिमानकी पर्याय नै बनेकी छन् ।
पौडीकै पुरुष १ सय मिटर फ्रिस्टाइलमा अलेक्जेन्डर गाडेगार्ड शाहले अघिल्लो दिन आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका थिए ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्