काठमाडौं– मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले धनुषा जिल्लाका १० वटा होटल तथा रेष्टुरेन्टमा आकस्मिक अनुगमन गरेका छन् ।
बिहीबार गरिएको अनुगमनमा खाद्य स्वच्छता, सरसफाइ, सेवा प्रवाह तथा उपभोक्ता हितसम्बन्धी मापदण्डको पालना भए–नभएको विषयमा निरीक्षण गरिएको थियो हो । निरीक्षणका क्रममा केही होटलमा मापदण्ड विपरीतका गतिविधि भेटिएपछि चार होटललाई नगद जरिबाना गरिएको छ भने अन्यलाई आवश्यक सुधार गर्न निर्देशन दिइएको छ ।
मन्त्री महतोका अनुसार लक्ष्मीनियास्थित बाबाको ढाबा होटललाई ३५ हजार रुपैयाँ, ढल्केबरस्थित द रोयाल समराट होटललाई ५ हजार रुपैयाँ, जनकपुरस्थित बाजेको सेकुवा होटललाई ७५ हजार रुपैयाँ तथाबर्गर हाउसलाई ३५ हजार रुपैयाँ जरिबाना गरिएको छ ।
मन्त्री महतोले उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउन होटल तथा रेष्टुरेन्ट सञ्चालकहरूले तोकिएका मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै अनुगमनलाई निरन्तरता दिइने बताएका छन् ।























