images
images
  • रास्वपाभित्र गुट–उपगुट हाबी : निर्वाचित ९९ केन्द्रीय सदस्यमध्ये को कता ?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले चितवनमा भएको महाधिवेशनको खुलासत्रको सम्बोधनको क्रममा पार्टीभित्र गुट बनाउने कार्यको विरोध गरेका थिए ।

    तर, बन्दसत्रमा पदाधिकारीको निर्वाचनमा पार्टीमा प्रष्ट गुट देखिएको छ ।

    यससँगै महाधिवेशनबाट ९९ केन्द्रीय सदस्यीय निर्वाचित भएपछि पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनबारे तीव्र चर्चा चलेको छ ।

    नयाँ नेतृत्व चयनसँगै सभापति रवि लामिछाने र वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाह निकट मानिने नेताहरूको प्रभावलाई लिएर चासो बढेको हो ।

    पार्टीभित्रको आन्तरिक समीकरण अनुसार डा.स्वर्णिम वाग्ले, सविता गौतम, शिशिर खनाल, डा.तोसिमा कार्की, मनीष झा, हरि ढकाल, विपिन आचार्य, कविन्द्र बुर्लाकोटी, रमेश प्रसाईं, विराजभक्त श्रेष्ठ, इन्द्रिया रानामगर, गणेश पराजुली, पुकार बम, सुलभ खरेल, यज्ञमणि न्यौपाने, प्रमोद न्यौपाने, हिमेश पन्त, लिमा अधिकारी, टिका संग्रौला, क्रान्तिशिखा धिताल, शंकर श्रेष्ठ, कुसुम महर्जन, अशोककुमार चौधरी, कामिनीकुमारी चौधरी, विजय जैरु, शिव नेपाली, निशा मेहता, ज्ञानु पौडेल, देवराज पाठक, विनिता कटायत, दीपकराज बोहरा, राजीव खत्री र प्रदीप विष्टलाई सभापति रवि लामिछाने निकट मानिन्छन् ।

    यस्तै सागर ढकाल, सस्मित पोखरेल, राजुनाथ पाण्डे, खगेन्द्र सुनार, सुशान्त वैदिक, सुदीप ढकाल, प्रकृति ढकाल, दीपककुमार साह, हेमराज थापा, केपी खनाल, असिम शाह, निशा डाँगी, मिङ्मा डम्डु शेर्पा, आशिका तामाङ, अनुष्का श्रेष्ठ, करिश्मा कठरिया, बब्लु गुप्ता, अरविन्द साह, रिमा विक, सुजाता तामाङ, अंकितकुमार यादव, विदुषी राणा, मनिज खनाल, सीता वादी र प्रकाश न्यौपानेलाई बालेन शाहनिकट समूहका रूपमा हेरिन्छ ।

    पार्टीको विधान अनुसार सभापति रवि लामिछाने ६ पदाधिकारी र २९ केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार रहेको छ ।

    यसकारण सभापतिले गर्ने आगामी नियुक्ति पनि चासोको रुपमा हेरिएको छ ।

    महाधिवेशनपछि नयाँ केन्द्रीय समितिमा देखिएको शक्ति सन्तुलनले पार्टीको आगामी रणनीति, निर्णय प्रक्रिया र नेतृत्वको दिशा निर्धारणमा प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images