• युद्ध सङ्ग्रहालय उद्घाटनका लागि राष्ट्रपति भण्डारी सिन्धुलीगढी

    सिन्धुली –सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ ।

    सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध सङ्ग्रहालयको उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सिन्धुली पुगेकी छन्।

    ६२ सय ७५ बर्ग फिटमा बनाइएको युद्ध सङ्ग्राहलयको उद्घाटनका लागि बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी पुगेकी हुन्। नेपाली सेनाले झण्डै सात करोडको लगानीमा युद्ध सङ्ग्रहालय भवन र सजावटको काम गरेको हो ।

    राष्ट्रपति पुग्नु अघि प्रधानसेनापति पूर्णचन्द्र थापाले योद्धाहरुको शालीक अनावरण गरेका थिए। उनले निर्माणमा भूमिका निर्वाह गर्ने सेनाका सदस्य तथा सर्वसाधारणलाई प्रशंसा पत्र पनि प्रदान गरे।

    नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागनरसिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । भवनको डिजाइन आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ ।

    सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।

    सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेको थियो।

    नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडाौ कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको जानकारहरु बताउँछन् ।

     

    प्रतिक्रिया दिनुहोस्