images
images
  • राष्ट्रिय धान दिवसमा उपसभामुख ठाकुर खेतमै, आफ्नै खेतमा गरिन् धान रोपाइँ

    जनकपुरधाम- आज १५ असारका अवसरमा देशभर राष्ट्रिय धान दिवस धान रोपाइँ गरेर मनाइदै छ । यसै क्रममा उपसभामुख रुबीकुमारी ठाकुर पनि आफ्नै खेतमा पुगेर धान रोपाइँ गरेकी हुन्।

    जनकपुरधामको मुजेलियास्थित आफ्नै खेतमा पुगेर उपसभामुख ठाकुरले धान रोप्दै राष्ट्रिय धान दिवस मनाएकी छन्। उपसभामुख बन्नुअघि उनी नियमित रूपमा खेतीपातीमा संलग्न रहने गर्थिन्। उनका बुबाआमा पनि किसान भएकाले कृषि पेशासँग उनको पारिवारिक सम्बन्ध रहेको छ।

    राष्ट्रिय धान दिवसका अवसरमा देशका विभिन्न स्थानमा धान रोपाइँसँगै कृषि उत्पादन वृद्धि र किसानप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images