काठमाडौँ – असार ८ मा सुर्खेतबाट पक्राउ परेका पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । सोमबार पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको हो । पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
सर्वोच्च अदालतले पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्























