images
images
  • पुनः मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    काठमाडौं। मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहेका कारण नेपालमा पुनः मनसुन सक्रिय भएको मौसमविदले बताएका छन् ।

    आज  बिहान देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको मौसमविदले जानकारी दिएका छन् । प्रदेश–१, वागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा तथा प्रदेश–१, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images