काठमाडौं । डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् ।
जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो ।
उपेन्द्र यादवको पक्षमा ३४ जनाको हस्ताक्षर सनाखत भएको छ भने महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन्।
चौधरी त्यसकै लागि डिल्लीबजार कारागारबाट आयोगमा पुगेका हुन् । उनी प्रहरीको गाडी चढेर आएका थिए । चौधरीले आफूले पार्टीका अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुरसँग सल्लाह गरेर हस्ताक्षर गर्ने बताएका छन् ।
यसैबीच चौधरीले आफू कुनै पक्षमा नलागि आफू जसपाको कार्यकर्ता भएकाले तटस्थ बस्ने निर्णय गरेका छन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















