वीरगन्ज -वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई प्रहरीले पर्सा जिल्ला अदालत परिसरबाट पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक नवीन थापा मगरको नेतृत्वमा खटिएको प्रहरी टोलीले घिमिरेलाई पर्सा जिल्ला अदालत परिसरबाटै नियन्त्रणमा लिएको हो ।
मेयर सिंहविरुद्ध फर्जी जन्मदर्ताको आधारमा नागरिकता बनाएको आरोपमा नागरिकता लिखतसम्बन्धी मुद्दा दर्ता भएको छ। यसअघि पर्सा जिल्ला अदालतले सिंह, उनकी पत्नी रिता भट्टराई तथा तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
प्रतिक्रिया दिनुहोस्






















