images
images
  • जसपा आधिकारिकता यादव पक्षले पाउँदै गर्दा निरीह ठाकुर, विजयी मुद्रामा उपेन्द्र

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्रको शक्ति सन्तुलनमा सत्ता परिवर्तनसँगै व्यापक हेरफेर भएको छ । केपी ओली नेतृत्वको सरकारमा सहभागी हुँदा जसपाको महन्थ ठाकुर पक्ष संसदीय दलमा करीव दुईतिहाई बहुमतमा थियो भने कार्यकारिणी समितिमा पनि लगभग हाराहारी थियो ।

    तर, सत्ता परिवर्तनसँगै उपेन्द्र यादव पक्ष दुई तिहाई नजिक पुगेको छ भने ठाकुर पक्ष निरीह बनेको छ । एक वर्षअघि राजपा र समाजवादी पार्टी एकीकरण हुँदाको शक्ति अब ठाकुरले गुमाएका छन् । पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउँदै गर्दा ठाकुरले केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर ४० प्रतिशत नपाउने अवस्था देखिएको छ ।

    त्यस्तै ,५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले उपेन्द्र पक्षमा सनाखत गरिसकेका छन् भने जेलमा रहेका रेशम चौधरीले पनि यादवलाई साथ दिने बताइएको छ । ठाकुर पक्षमा कार्यकारिणी समितिका १६ जना पनि नपुग्ने यादवनिकट नेताहरूको दावी छ ।

    निर्वाचन आयोगले यादवलाई आधिकारिकता दियो भने ठाकुरलाई अर्को दल दर्ता गर्ने मौका दिन्छ । तर, ४० प्रतिशत पुगेन भने सांसद पद धरापमा पर्ने अवस्था हुन्छ र ठाकुर अझ कमजोर हुन्छन् । जसपाका ३२ सांसदमध्ये १९ जना यादव पक्षमा पुगिसकेका छन् ।

    बहादुरभवनस्थित निर्वाचन आयोगमा हेड काउन्ट हुँदा ठाकुर पक्ष निरीह र यादव पक्ष विजेताका रूपमा देखिएका छन् । ठाकुर पक्षका नेता केशव झाले आफ्नो समूहमा कति जना छन् भन्न सकेनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images