images
images
  • नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै, पार्टी एकताका विषयमा बैठक केन्द्रित

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

    हिजो सुरु भएको बैठकमा आज पनि पार्टी एकताका विषयमा बैठक केन्द्रित हुने बताइएको छ ।हिजोको बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यहरुले पार्टी एकता गरेर अघि बढ्नुपर्ने सुझाव दिएको नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

    बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमा पनि छलफल भएको थियो ।कार्यादलका संयोजकसमेत रहेका नेता भीम रावलले १० बुँदे प्रस्तावबारे जानकारी दिनुभएको थियो ।

    एमाले एकताका लागि दबाब दिन भन्दै हिजो केही सांसदहरूले कार्यदलका सदस्यहरूसँग छलफल पनि गरेका थिए ।

    उनीहरुले पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न आग्रहसमेत गरेका हुन् । पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको १० बुँदे सहमतिपछि एमालेको बैठकले कार्यदल भंग गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images