images
images
  • यी हुन् मन्त्रिपरिषद्का ४ निर्णय

    काठमाडौं – मन्त्रिपरिषद् बैठकले सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नेसहित चार निर्णय गरेको छ ।  आज बसेको बैठकले गरेका चार निर्णय सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।

    यी हुन् निर्णय

    नेपाल चीन जोडने विद्युत प्रशारण लाईन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गर्ने

    आर्थिक वर्ष २०८३/८४ मा वर्षे धानवालीको न्युनतम समर्थन मूल्य मोटो धानको रु. ३६६० प्रति क्वीन्टल र मध्यम धानको रु. ३८६० प्रतिक्वीन्टल तोक्ने

    सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने

    नेपाल नागरिक उडडयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्त गर्ने

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images