images
images
  • रसुवा जाँदै गरेको बसबाट ४३ हजार अमेरिकी डलरसहित एकजना पक्राउ

    काठमाडौं- प्रहरीले काठमाडौं हुँदै रसुवाको टिमुरे जाँदै गरेको बसबाट अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–५ का ३७ वर्षीय सुशिल गुरुङ छन् ।

    रसुवा प्रहरीले वाग्मती प्रदेश ०१–००६ ख ९५१५ नम्बरको बस उत्तरगया–५, बेत्रावती बजारमा चेक गर्दा ४३ हजार अमेरिकी डलरसहित गुरुङलाई सोमबार पक्राउ गरेको हो ।

    पक्राउ गरेका गुरुङमाथि थप अनुसन्धान गर्न ललितपुरस्थित राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images