images
images
  • काठमाडौंमा उपत्यकामा १० दिन निषेधाज्ञा थप

    काठमाडौं ।  कोभिड–१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ।

    यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि  बिहीबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

    निषेधाज्ञा थपिए पनि यसका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

    कोरोनाभाइरस संक्रमणको जोखिम अझै कायम रहेकाले निषेधाज्ञा थप्ने निर्णय गरिएको उनको भनाइ छ। तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले १० साउनसम्म निषेधाज्ञा थपेका हुन्। उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा जारी छ।

    यसअघि सञ्चालनमा रहेका गतिविधिमा रोक लगाइएको छैन। आगामी १० दिन निषेधाज्ञा थप खुकुलो गरिएको छ।

    सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फूटसल, जिमखाना, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भिडभाड हुने अन्य कार्यक्रममा रोक लगाइएको छ।

    त्यस्तै, सार्वजनिक स्थलमा भेला हुन, भिडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभतेर गर्न पनि रोक लगाइएको छ। पुजारीबाट हुने नित्य पूजाबाहेकका धार्मिक तथा सांस्कृतिक गतिविधि पनि गर्न नपाइने भएको छ।

    Notice 1

    Notice 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images