images
images
  • जनताले प्रतिपक्षमा राखेको कांग्रेसलाई सत्ता सुम्पनेका ठूला कुरा : मुख्यमन्त्री पोखरेल

    काठमाडौ । नेकपा (एमाले) का नेता तथा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले ठूला कुरा गरेको भन्दै सत्ता गठबन्धनमा रहेका एमालेको माधव पक्ष र नेकपा माअ‍ोवादी केन्द्रमाथि व्यंग्य गरेका छन् ।

    मुख्यमन्त्री पोखरेलले जनताले सरकार चलाउनका लागि छानेका दलहरु आफूमा दरार ल्याएर आफ्नै पार्टीको सरकार ढालेर अहिले सत्ता गठबन्धनमा बसेको तर उनीहरुले नै ठूला कुरा गरेको भन्दै व्यंग्य गरेका हुन् ।

    मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत व्यक्ति नतोकेरै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालप्रति व्यंग्य गरेका हुन् ।

    पोखरेलले प्रचण्ड र नेपालले तत्कालीन नेकपाले प्रयोग गरेको घोषणापत्र र जनतामा गरेको बाचा भुलेर आफ्नै पार्टीको सरकार ढालेको आरोप लगाएका हुन् । जनताले प्रतिपक्षमा बस भनेको कांग्रेसलाई सत्ता सुम्पिएर उनीहरुले नै ठूला कुरा गरिरहेको उनको भनाइ छ ।

    पोखरेलले भनेका छन्, ‘चुनावी घोषणा पत्र र जनता बीच गरिएको वाचाकवोल विर्सिएर जनताले प्रतिपक्षमा राखेको नेकाँलाई सत्ता सुम्पने ठुला नेताका कुरा नै ठुला !?’

    प्रतिक्रिया दिनुहोस्
    images
    images