काठमाडौं– आजबाट सुरु भएको वर्षे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमै विपक्षी दलहरूले सरकारको कार्यशैलीविरुद्ध संयुक्त प्रतिवाद गर्ने भएका छन् ।
दिउँसो २ बजे बस्ने बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सुकुम्बासी व्यवस्थापनको विषय उठाउँदै विपक्षीहरूले सशक्त विरोध जनाउने तयारी गरेका हुन् ।
विपक्षी दलहरूबीच यस विषयमा सहमति बनेको एक नेताले बताएका छन् ।
उनका अनुसार नेपाली कांग्रेस, एमाले र नेकपाका नेताहरू संयुक्त प्रतिवादमा एकमत छन् ।
यद्यपि, राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजे संयुक्त बैठकमा प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रममा भने अवरोध नगर्ने विपक्षीको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्






















