images
images
  • युक्रेनसँग युद्ध अन्त्य गर्ने तयारीमा रूसी राष्ट्रपति पुटिन

    काठमाडौं– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार युक्रेनमा युद्ध अन्त्य हुँदै गएको बबताएका छन् ।

    शनिबार मस्कोमा भएको सैन्य प्रदर्शनमा नेता पुटिनले सैनिकहरूलाई आफूहरू युक्रेनमा नेटोद्वारा समर्थन गरेको ‘आक्रामक शक्ति’ सँग लडिरहेको बताएका थिए ।

    उनले आफ्नो युद्ध लक्ष्यलाई ‘न्यायपूर्ण’ कदमका रूपमा उल्लेख गरेका छन् ।

    रुसी नेताले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत सङ्घको विजयको सम्झनालाई आफ्नो २५ वर्षे शासनको ‘केन्द्रीय कथा’ बताएको छ र आफ्नो युक्रेन आक्रमणको औचित्य पुष्टि गर्न बारम्बार यसको प्रयोग गरेका हुन् ।

    रूसी अधिकारीहरूले सामान्यतया विजय दिवस प्रदर्शनलाई धूमधाम र भव्यताका साथ मनाउँछन् ।

    हालैका हप्ताहरूमा युक्रेनी लामो दूरीका आक्रमणहरूको एक श्रृङ्खलाले क्रेमलिनलाई सुरक्षा उपायहरू बढाउन र यस वर्षको उत्सवलाई कम गर्न प्रेरित गरेको पाइएको छ ।

    सैन्य प्रदर्शन समारोहपछि युक्रेनका लागि पश्चिमा सैन्य सहायतामा कमी आएको छ कि छैन भनेर सोधिएको प्रश्नमा पुटिनले भने, “उनीहरूले रूससँगको टकरावलाई बढावा दिन थाले, जुन आजसम्म जारी छ ।”

    उनले भने, “मलाई लाग्छ कि यो द्वन्द्व समाप्त हुँदैछ तर यो अझै पनि गम्भीर विषय हो ।”

    “उनीहरूले रुसको ठूलो हार र रूस पतनको प्रतीक्षामा महिनौँ बिताए। यसले काम गरेन,” उनले अगाडि भने ।

    पुटिनले पश्चिमी देशहरूलाई सङ्केत गर्दै भने, “युक्रेनलाई सहयोग गर्ने बहानामा उनीहरूले रूसविरूद्धको जनमत सिर्जना गर्ने प्रयास गरे तर उनीहरू अफ्ठेरोमा गएर फसेका छन् । अब उनीहरू यसबाट बाहिर निस्कन सक्दैनन् ।”

    पुटिनले सम्भावित शान्ति सम्झौताका लागि सबै सर्तहरू टुङ्गो लागेपछि मात्र तेस्रो देशमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्न आफू तयार रहेको बताएका छन् ।

    उनले भने, “यो सहमतिको अन्तिम बिन्दु हुनुपर्छ, वार्ता आफैँमा होइन ।”

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत शुक्रबार रूस र युक्रेनबीच शनिबारदेखि तीन दिने युद्धविराम लागू हुने घोषणा गरेका थिए ।

    मस्को र किएभले एक अर्कामाथि युद्धविरामका सर्त उल्लङ्घनको आरोप लगाएका छन्, तर कुनै ठूलो आक्रमणको रिपोर्ट गरिएको छैन ।

    यद्यपि, यो अवधिमा पनि छिटफुट ड्रोन गतिविधि जारी छन् र दुबै पक्षका नागरिक हताहत भएका खबरहरू आएका छन् ।

    “आशा छ, यो निकै लामो, घातक र कडा सङ्घर्षपूर्ण युद्धको अन्त्यको सुरुवात हो,” राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल नेटवर्कमा पोस्ट गरेको एक सन्देशमा भनिएको छ।

    क्रेमलिनले युद्धविरामलाई लम्ब्याउने कुनै योजना नरहेको जनाएको छ ।

    युद्धरत पक्षहरू युद्धविरामको क्रममा एक हजार कैदीहरू साटासाट गर्न पनि सहमत भएका छन् ।

    पुटिनले शनिबार भने, रूसले अहिलेसम्म युक्रेनबाट कुनै प्रस्ताव प्राप्त गरेको छैन ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images