काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकलाई गर्ने सम्बोधन मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिले प्रस्तुत गर्ने सम्बोधन अनुमोदन गरेको शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेल ले जानकारी दिए ।
बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसमेत पारित गरेको छ ।
सरकारको वार्षिक नीति तथा कार्यक्रम आजै राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
संघीय संसद्को संयुक्त बैठक दिउँसो ४ बजे बस्ने तय गरिएको छ, जहाँ राष्ट्रपतिले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्






















