images
images
  • प्रम बालेन नेतृत्वको मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित

    काठमाडौं– मन्त्रिपरिषद्को बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ ।

    आज बसेको बैठकले नीति तथा कार्यक्रम अनुमोदन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

    राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

    संसद् अधिवेशन सुरु भएकै दिन सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images