images
images
  • ल्याण्ड भइरहेको टर्कीस जहाजमा आगलागी : कस्तो छ ४ बच्चासहित २७७ यात्रुको अवस्था ?

    काठमाडौं– काठमाडौंमा अवतरणका क्रममा टर्कीस एयरलाइन्सको विमानमा आगलागी भएको छ ।

    आगो नियन्त्रणमा आइसकेको छ भने विमानमा सवार सबै २७७ यात्रु सुरक्षित रहेका छन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार इस्तानबुलबाट आएको टिके–७२६ विमान बिहान पौने ७ बजे अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो ।

    इर्मेन्सी ढोका खोलेर यात्रुको उद्धार गरिएको थियो ।

    उद्धारका क्रममा केही यात्रु सामान्य घाइते भएका छन् ।

    धावनमार्गमै विमान रोकिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images