images
images
  • एमालेले अझैँ सार्वजनिक गरेन चुनावी खर्च

    काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ सहभागी तीन दलले खर्च विवरण नबुझाएको निर्वाचन आयोगले जनाएको छ ।

    स्वाभिमान पार्टी, सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टीले विवरण नबुझाएका हुन् ।

    राष्ट्रिय परिवर्तन पार्टीले ढिलो गरी विवरण बुझाएको छ भने उज्यालो नेपाल पार्टीमार्फत सहभागी परिवर्तनले ५० हजार रुपैयाँ खर्च भएको विवरण बुझाएको छ ।

    आयोगका अनुसार विभिन्न ६ दलले खर्च विवरण बुझाए पनि सार्वजनिक गरेका छैनन् ।

    समानुपातिकतर्फ १६ सिट पाएको नेकपा (एमाले)ले पनि खर्च विवरण सार्वजनिक नगरेको सूचीमा छ, यद्यपि उसले ७५ लाख ५५ हजार ५६१ रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएको छ ।

    प्रजातान्त्रिक पार्टी नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, जनमत पार्टी, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले पनि विवरण सार्वजनिक नगर्ने दलहरूमा छन् ।

    निर्वाचन आयोगले समयमै विवरण नबुझाउने दललाई स्पष्टीकरण सोधेको छ ।

    कानुनअनुसार खर्च विवरण नबुझाए वा सार्वजनिक नगरे जनही १५ हजार रुपैयाँ जरिवाना लाग्न सक्ने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images