images
images
  • यी हुन् नेकपा जनवर्गीय संगठनका कमाण्डर र सह–कमाण्डर (नामावलीसहित)

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ३२ वटा जनवर्गीय सङ्गठनका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी टुङ्ग्याएको छ ।

    संयोजन समितिको बैठकले निर्णय गर्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले अपानी–३ मा हस्ताक्षर गरेका छन् ।

    निर्णयअनुसार अखिल नेपाल किसान महासंघको इन्चार्ज बलदेव चौधरी र सहइन्चार्ज कुमार पौडेल, महिला सङ्गठनमा जयन्ती राई र कमला रोका, तथा सहिद–बेपत्ता तथा घाइते योद्धा सङ्गठनमा हितराज पाण्डे, कृष्णप्रसाद सापकोटा र बालकृष्ण गैरे जिम्मेवारीमा तोकिएका छन् ।

    त्यस्तै आदिवासी जनजाति महासंघमा सुरेश आलेमगर र पासाङ शेर्पा, इन्जिनियरर्स एशोसिएसनमा लेखनाथ न्यौपाने र कपिल आचार्य, उद्योग तथा व्यवसायी महासंघमा विरोध खतिवडा र कृष्ण आचार्य, कानुन व्यवसायी सङ्गठनमा पूर्णबहादुर घर्ती र रामकुमार ज्ञवाली तथा खेलकुद महासंघमा केशव विष्ट र शिव कोइराला जिम्मेवारीमा छन् ।

    ट्रेड युनियन महासंघ, दलित सङ्गठन, रिटर्नी एशोसिएसन, पर्यटन फाँट, पेशागत महासंघ लगायतका विभिन्न संरचनामा पनि नेतृत्व टुङ्ग्याइएको छ ।

    यसैगरी विद्यार्थी, शिक्षक, प्रेस, सहकारी, स्वास्थ्यकर्मी, युवा तथा अन्य जनवर्गीय सङ्गठनहरूमा समेत नयाँ इन्चार्ज र सहइन्चार्ज तोकिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images