images
images
  • डोजर चलाइएको सुकुम्बासी बस्तीमा ग्रिनेट फेला पर्‍यो

    काठमाडौं– पशुपतिनाथ मन्दिर परिसरअन्तर्गत राम मन्दिर नजिकको जंगल क्षेत्रमा तीनवटा ग्रिनेड फेला परेका छन् ।

    स्थानीयवासीले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    त्यसपछि सुरक्षाकर्मी परिचालन गरी उक्त क्षेत्रको निगरानी गरिएको थियो ।

    अवैध घरटहरा हटाइएको क्षेत्रभन्दा केही माथि जंगलमा शंकास्पद वस्तु भेटिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले पुराना तीनवटा ग्रिनेड फेला परेको पुष्टि गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images