images
images
  • सिंगापुरमा लुकेका देउवा दम्पतीविरुद्ध रेड नोटिस, पक्राउ गरेर नेपाल ल्याउने प्रक्रिया अघि बढ्यो

    काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध ‘रेड नोटिस’ जारी गर्ने प्रक्रिया अघि बढाइएको छ ।

    प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले थप कागजात माग गरेपछि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी)ले आवश्यक विवरण पठाइसकेको छ ।

    स्रोतका अनुसार केही दिनअघि इन्टरपोलबाट थप प्रमाण तथा विवरण माग गर्दै इमेल आएपछि त्यसअनुसार कागजात पठाइएको हो ।

    यसअघि गत २४ चैतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    पक्राउ पुर्जी जारी भएसँगै उनीहरूलाई नेपाल ल्याउने कानुनी तथा कूटनीतिक प्रक्रिया अघि बढाइएको थियो ।

    एनसीबीले औपचारिक रूपमा इन्टरपोललाई रेड नोटिसका लागि पत्राचार गरिसकेको भए पनि आवश्यक कागजात अपुग भएको भन्दै इन्टरपोलले तत्काल निर्णय गरेको थिएन ।

    अहिले थप विवरण पठाइएपछि प्रक्रिया अगाडि बढेको प्रहरी स्रोतले जनाएको छ ।

    पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती विदेशमै रहेका थिए ।

    उनीहरू १४ फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका थिए ।

    त्यसपछि ७ चैतमा हङकङ पुगेको बताइएको छ ।

    स्रोतका अनुसार उनीहरू हाल पनि हङकङमै छन् ।

    यसअघि जेनजी आन्दोलनपछि पनि उपचारकै क्रममा उनीहरू सिंगापुर गएका थिए ।

    त्यतिबेला भने उपचारपछि नेपाल फर्किएका थिए ।

    तर यसपटक १४ फागुनदेखि विदेशमा रहेका उनीहरू अझै स्वदेश फर्किएका छैनन् ।

    यदि इन्टरपोलले रेड नोटिस जारी गरेमा उसका १९६ सदस्य राष्ट्रका सुरक्षा निकायले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन् ।

    त्यसपछि सम्बन्धित देशको कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई नेपाल ल्याउन सकिने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images