काठमाडौं– पार्टी केन्द्रीय सचिवालयको बैठक आज साँझ बस्ने भएको छ ।
पार्टी सभापतिको निर्देशनअनुसार बैठक अपरान्ह ६ बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा बस्न लागेको हो ।
पार्टी सचिवालयले जारी गरेको सूचनाअनुसार बैठकमा सचिवालय सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
बैठकमा पार्टीको संगठनात्मक तथा अनुशासन सम्बन्धी महत्वपूर्ण एजेण्डामाथि छलफल हुने जनाइएको छ ।
बैठकको कार्यसूचीमा भेला तथा अधिवेशनको विशेष तालिका निर्धारण, आयोग तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही सम्बन्धी विषय, केन्द्रीय समिति बैठकको तयारी तथा विविध विषय समावेश छन् ।
पार्टीभित्र पछिल्लो समय संगठन पुनर्गठन, विभागीय जिम्मेवारी बाँडफाँट तथा अनुशासनका विषयमा बहस चलिरहेका बेला सचिवालय बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।
बैठकले संगठनात्मक संरचना र आगामी राजनीतिक कार्यक्रमबारे थप निर्णय लिन सक्ने अपेक्षा गरिएको छ ।






















