काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट बाहिरिएका छन् ।
पार्टीको अध्यक्ष परिषद् बैठकले डा.भट्टराईले स्वतन्त्र रहेर वैकल्पिक तथा रूपान्तरणकारी राजनीतिलाई सघाउने इच्छा व्यक्त गरेपछि उनको निर्णयलाई सम्मान गर्दै शुभकामना दिएको हो ।
त्यस्तै, पार्टीले अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले पनि पार्टी सदस्य नरहने घोषणा गरेको उल्लेख गर्दै उनको आगामी राजनीतिक यात्राको सफलताको कामना गरेको छ ।
बैठकले वर्तमान राज्यसत्ता मजदुर, श्रमजीवी तथा उत्पीडित समुदायको पक्षमा नरहेको निष्कर्ष समेत निकालेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















