images
images
  • अझै खुलेन नारायणगढ–मुग्लिन सडक

    भरतपुर– सुक्खा पहिरो खस्दा नारायणगढ(मुग्लिन सडक अवरुद्ध भएको छ ।

    उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो ।

    मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ ।

    सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images