images
images
  • इरानी नियन्त्रणमा रहेका नेपाली अमृत झाको रिहाइ प्रक्रिया जारी : परराष्ट्र मन्त्रालय

    काठमाडौं– इरानी नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइ प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले इरानको विषम परिस्थितिका कारण कानुनी प्रक्रिया अझै पूरा हुन नसकेको बताएका हुन् ।

    दुबईस्थित एक पानीजहाज कम्पनीमा क्याप्टेनका रूपमा कार्यरत अमृत झालाई इन्धन बोकेर फर्किने क्रममा इरानी रेभुलेसनरी गार्डले हर्मुज क्षेत्रको बन्दर अब्बास नजिक नियन्त्रणमा लिएको थियो ।

    मन्त्रालयले उनको रिहाइका लागि सम्बन्धित निकाय र परिवारसँग निरन्तर समन्वय भइरहेको जनाएको छ ।

    यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले झाको रिहाइ तुरुन्तै हुन्छ र संवाद जारी गरेको भन्दै झुट बोलेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images