शीर्ष नेताको बैठकः गठबन्धन थप सशक्त बनाएर सरकार संचालन गर्ने सहमति

शीर्ष नेताको बैठकः गठबन्धन थप सशक्त बनाएर सरकार संचालन गर्ने सहमति

विश्व खबर

@BishwoKhabar

२०७८ साउन १० गते आईतबार ०७:२३

काठमाडौँ । पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने शीर्ष नेताहरूबीच सहमति भएको छ । प्रधानमन्त्री निवासमा शनिबार साँझ बसेको बैठकमा प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने निर्णय भएको हो । बैठकमा...

काठमाडौँ । पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने शीर्ष नेताहरूबीच सहमति भएको छ । प्रधानमन्त्री निवासमा शनिबार साँझ बसेको बैठकमा प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने निर्णय भएको हो ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगात विषयमा शीर्ष नेताहरूबीच गम्भीर विचारविमर्श भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ विष्णु सापकोटाले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।

देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा पहिलो पटक बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा समान हैसियतमा बसेको थिए । प्रधानमन्त्री बस्ने कुर्सी छोडेर देउवा चार नेता सरह सोफामा बसेको देखिन्छ । दुई जना पूर्व प्रधानमन्त्री (प्रचण्ड र नेपाल) र दुई जना पूर्वउपप्रधानमन्त्री ९यादव र केसी० सँगको भेटमा प्रधानमन्त्री देउवा समान हैसियतमा बसेको देखिएको हो ।

गठबन्धनका शीर्ष नेताहरू सबै समान रहेको सन्देश दिन प्रधानमन्त्री देउवा सोफामा बसेको उनको सचिवालयले जनाएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी (तत्कालीन नेकपा)का आफू समान नेताहरूको अस्तित्व स्वीकार गर्न नसक्दा उत्पन्न परिस्थितिबाट देउवाले पाठ सिकेको कतिपयको भनाई छ ।

प्रकाशित मिति २०७८ साउन १० गते आईतबार ०७:२३
प्रतिक्रिया दिनुहोस
  • ncell

  • ninm

  • nic asia