images
images
  • काग्रेसद्वारा मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानविन गर्ने आग्रह

    काठमाडाैं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि निष्पक्ष र न्यायोचित रूपमा छानबिन गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

    प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सभापतित्वमा प्रदेश सुशासन केन्द्र जावलाखेलमा बसेको प्रदेश संसदीय दलको बैठकले सम्पत्ति शुद्धीकरणका विषयमा निष्पक्ष र न्यायोचित छानबिन गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

    बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि आयोजना छनोट गर्दा प्रदेशसभा सदस्यहरूको माग, भौगोलिकताको अवस्थालाई आधार बनाएर छनोट गर्ने निर्णय भएको प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images