images
images
  • गुल्मीमा अतिक्रमणविरुद्ध अभियान : सार्वजनिक जग्गा खाली गर्न प्रशासनको आह्वान

    काठमाडाैं- जिल्ला प्रशासन कार्यालय गुल्मीले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध कडाइ गर्दै उजुरी आह्वान गरेको छ । प्रशासनले सूचना जारी गर्दै अतिक्रमण गरी प्रयोग गरिएको जग्गा तत्काल खाली गर्न आग्रह गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सरकारी वा सार्वजनिक जग्गा कब्जा, दुरुपयोग वा अवैध संरचना निर्माण भएको जानकारी भए प्रमाणसहित उजुरी दिन अनुरोध गरेका छन् ।

    उजुरी दिँदा स्थान, स्थानीय तह, वडा, जग्गाको प्रकृति तथा अतिक्रमण गर्ने व्यक्ति वा संस्थाको विवरण खुलाउनुपर्नेछ । साथै नक्सा, फोटो र सम्बन्धित कागजातसमेत संलग्न गर्न प्रशासनले आग्रह गरेको छ ।

    सरकारले सार्वजनिक सम्पत्ति संरक्षण र सुशासन प्रवर्द्धनका लागि देशभर अतिक्रमण हटाउने अभियान सञ्चालन गरिरहेको छ । मन्त्रिपरिषद्को शासकीय सुधार कार्यसूचीअनुसार सार्वजनिक जग्गाको डिजिटल अभिलेख, निगरानी सुदृढीकरण र अवैध कब्जा हटाउने कामलाई प्राथमिकतामा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images